Kakhara सबैको खबर सम्पूर्ण खबर
मलाई पशु प्राविधिक भएर काम गर्नुमा गर्व लाग्छ

पशु प्राविधिक हुनु भनेको समाज प्रति ठुलो जिम्मेवारी निभाउनु हो । यो पेसाले किसानहरूका पशुहरूको स्वास्थ्य सुधार गर्दै उनीहरूको आर्थिक उन्नतिमा सहयोग गर्न अवसर प्रदान गरेको छ । म त्यसैले पशु प्राविधिक भएर काम गर्न पाएकोमा गर्व महसुस गर्दछु ।

नेपाल जस्तो कृषि प्रदान देशमा पशुपालन ग्रामीण जीवनको आधार हो । पशुहरूको स्वास्थ्य व्यवस्थापन र उत्पादनमा सुधारका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न सक्नु पशु प्राविधिकको मुख्य भूमिका हो । बिरामी पशुहरूको उपचार रोग नियन्त्रण र उत्पादनमा वृद्धि जस्ता काम मार्फत किसानहरूको जीवनमा सकारात्मक परिवर्तन  ल्याउन म जिम्मेवार साथै सक्षम भएको महसुस गर्दछु ।

जब कुनै बिरामी पशु उपचार पछि ठिक हुन्छ वा उत्पादन वृद्धि भएर किसानहरूको आम्दानी बढ्छ, त्यसले मलाई सन्तुष्टि र प्रेरणा दिन्छ । यसरी किसानहरूका समस्या समाधान गर्न पाउँदा र उनीहरूको अनुहारमा खुसी देख्दा म अझै आफ्नो कामलाई महत्त्वपूर्ण ठान्छु ।

InShot_20250201_083319797-1738378125.jpg
हुन त पशु प्राविधिक भएर काम गर्दा थुप्रै चुनौतीहरू आउँछन् । जस्तै दुर्गम तथा बिकट क्षेत्रका किसानहरू सम्म सेवा पुर्‍याउन, सीमित स्रोतसाधनका बिच काम गर्न र परम्परागत सोच परिवर्तन गर्न मेहनत गर्नुपर्छ । तर यी चुनौतीहरूले मलाई अझै दृढ बनाएको छ। यसरी म पशु प्राविधिक भएर काम गर्न पाउँदा आफूलाई भाग्यमानी मान्छु र गर्व गर्छु । यो पेसाले मलाई केवल सीप प्रयोग गर्ने अवसर दिएको छ।तर समाजका लागि योगदान दिने ठुलो माध्यम बनेको छ ।

"पशुहरूको स्वास्थ्य सुधार गर्दै किसानहरूको खुसी हेर्न पाउनु मेरो लागि जीवनको सबैभन्दा ठुलो गर्व हो"

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update