ओली वंश समन्वय समिति रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार मुसिकोट नगरपालिका १ खलंगामा भएको प्रथम सम्मेलन नयाँ कार्यसमिति निर्माण गर्दै सम्पन्न भएको हो । सम्मेलनले कर्णबहादुर ओलीको अध्यक्षतामा ४ जना सदस्य पछि थप्ने गरी २१ सदस्यीय ओली वंश जिल्ला समन्यव समिति निर्माण गरेको हो ।
जसको उपाध्यक्षमा उपाध्यक्षमा टेकबहादुर ओली, सचिवमा देवबहादुर ओली, कोषाध्यक्षमा हर्कबहादुर ओली चयन हुनुभएको छ ।सदस्यहरुमा थलबहादुर ओली, जगतबहादुर ओली, लोकेन्द ओली, महेश ओली, नरजंग ओली, भद्रबहादुर ओली, दलबहादुर ओली, लालबहादुर ओली, बेगम ओली चयन हुनुभएको छ । त्यस्तै लालबहादुर ओली तुफान ओली, निराजन ओली, मिठे ओली, जगदिश ओली, पहलसिंह ओली, शिवबहादुर ओली र प्रेमबहादुर ओली पनि सदस्यमा चयन हुनुभएको हो ।
सम्मेलनमा छ वटै पालिकाबाट ओली वंशहरुको उपस्थिती रहेको ओली वंश समन्वय समितिका उपाध्यक्ष टेकबहादुर ओलीले जानकारी दिनुभयो ।