प्याब्सन कर्णालीको अध्यक्षमा नोखबहादुर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कर्णाली प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेको अधिवेशनबाट नोखबहादुर खत्रीको अध्यक्षतामा प्याव्सन कर्णालीको नयाँ नेतृत्व चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा वेदप्रकाश ढकाल, उपाध्यक्षमा अनिता कुमाईं भण्डारी र मोतीराम गिरी, सचिवमा पूर्णबहादुर बस्नेत, सह सचिवमा हुमलाल भट्टराई, कोषाध्यक्षमा वीरबहादुर बुढाथोकी र कोषाध्यक्षमा यमराज गिरी रहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १४:२१
प्रतिक्रिया दिनुहोस्