Kakhara सबैको खबर सम्पूर्ण खबर
जनधारा बहुउद्देश्यीय सहकारी संस्था द्धारा  एक वर्षमा झण्डै १९ लाख रुपैयाँको कारोबार 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको जनाधारा बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ । आइतबार वडाकाे मेलगैरी सहिद स्मृति पार्कमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका व्यवस्थापक यामबहादुर खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८०/०८१ को असारमसान्त १८ लाख ८४ हजार नौ सय ३२ रुपैयाँको कारोबार गरेको उल्लेख गरिएको छ । त्यस्तै सहकारीले १३ लाख २५ हजार नौ सय ६५ रुपैयाँ खर्च गर्दा पाँच लाख ५८ हजार नौ सय ६७ रुपैयाँ खुद नाफा गरेको  संस्थाका व्यवस्थापक खत्रीले प्रस्तुत  गरेकाे प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीको आठ लाख ७७ हजार एक सय ५१ रुपैयाँ सम्पती  रहेको पनि उल्लेख गरिएकाे छ ।

सहकारीका अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षता भएको साधारण सभामा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाकाे प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै   २ नम्बर वडा अध्यक्ष प्रकाश खत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update