Kakhara सबैको खबर सम्पूर्ण खबर
पहल टाइगर कपको सर्वोत्कृष्ट खेलाडी

नेपाल पुलिस क्लबका पहल गहतराज एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आफ्नो टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट बनेका पहललले ट्रफी सहित २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लबबाट भलिबल खेलिरहेका पहल रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका हुन् । उनी केही वर्ष देखि नेपाल पुलिसबाट व्यावसायिक भलिबल खेल्दै आएका छन् । 

त्यस्तै महिला तर्फ  आयोजक टाइगर ग्रुप अफ पोखराकी अम्फा सोमसुरात सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले पनि ट्रफी सहित २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरिन । 

महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपकी अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका ईश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफी सहित १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update