एमाले नेता तथा समस्या समाधान आयोगका अध्यक्षको निधन
भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष सतमान पुनको निधन भएको छ । बाँकेको कोहलपुर स्थित उपचारका क्रममा मंगलबार विहान उहाँको निधन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहनु भएको नेता पुनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएर अवस्था जटिल बनेपछि वैशाख ३१ गते जिल्ला अस्पताल ल्याइएको थियो ।
त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उहाँलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताउनुभयो । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ ११:०९
प्रतिक्रिया दिनुहोस्