Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल नेपाल यातायात मजदुर संघ रुकुम पश्चिमको अध्यक्षमा गङ्गाराम 

अखिल नेपाल यातायात मजदुर सङ्घ रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट गङ्गाराम विकको अध्यक्षतामा २ जना थप्ने गरी १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा कालीबहादुर कामी र सुनिता थापा, सचिवमा महेश बिक तथा कोषाध्यक्षमा सर्जन गौतम रहनुभएको छ । सदस्यहरुमा धनचन्द्र विक, प्रेम महर, भुवन कुसारी, गंगा मगर, सुनिल परिवार र तुलाराम सुनार सदस्यमा चयन हुनुभएको छ ।

 नयाँ नेतृत्वले यातायात मजदुरको हक हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपमहासचिव घनश्याम डाँगी, अखिल नेपाल ट्रेड युनियन महासंघका कर्णाली अध्यक्ष दीपक चदारा, केन्द्रीय सदस्य तिलक शर्मा लगायतको आतिथ्यतामा सम्मेलन उद्घाटन भएको थियो ।

कार्यक्रमको सञ्चालन अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रमेश गिरीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update