रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ५ जिवाङका एक व्यक्तिले जन्म दिनको अवसरमा विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेका छन । ३२ वर्ष पूरा भइ ३३ वर्षमा प्रवेश गरेको अवसर नेकपा विप्लवका युवा नेता घमण्ड महरले विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्नु भएको हो । सोही वडाकै विद्या विकास माध्यमिक विद्यालय जिवाङमा जन्म दिनको अवसरमा खेलकुदमा सहयोग गरेको महरले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयलाई थोरै भएपनी सहयोग पुगोस् भन्ने उदेश्यले विद्यालयलाई भलिबल, जाली, पम्फ लगायत ब्याटमिन्टन खेलका लागि प्रयोग हुने सामग्री खेलकुद सहयोग गरिएको हो । विद्यालयलाई १० हजार बराबरको खेलकुद सामग्री सहयोग गरिएको उहाँको भनाइ छ । जन्म दिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा थोरै भएपनी सहयोग पुगोस् भन्ने उदेश्यले खेलकुद सामग्री सहयोग गरिएको महरले बताउनुभयो ।
खेलकुद सामग्री सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय प्रधानाध्यापक ज्ञामबहादुर पुन, राप्ती साहित्य परिषदका रुकुम पश्चिमका अध्यक्ष मोहनलान ओली, शिक्षक चित्रबहादुर सुनार लगायत अन्य शिक्षक कर्मचारीहरुको सहभागीता रहेको थियो । महर राजनीति सँगै दाङमा व्यवसाय संचालन गर्दै आउनुभएको छ ।