धादिङमा आयोजित ब्याडमिन्टनमा सिनियर र जुनियर तर्फ नापी समाज रुकुम पश्चिम प्रथम भएको छ । नापी पेसाकर्मी समाज धादिङले धादिङबेसीमा आयोजना गरेको मेन्स डबल्स खुला सिनियर तथा जुनियर ब्याडमिन्टन प्रतियोगितामा सिनियर र जुनियर दुवै तर्फ रुकुमेली नापी समाज प्रथम भएको हो । १४ जोडीले प्रतिस्पर्धा गरेको सिनियर तर्फ रुकुमेली नापी समाजको हरि केसी र रुद्रराज ओलीको जोडी प्रथम भयो ।
द्वितीय पनि रुकुमेली नापी समाजकै नरेन्द्र ओली र दीपक बुढाथोकीको जोडी भयो । रमेश उपरकोटी र विमल पुरी तथा प्रकाश कँवर र तारा ओलीको जोडी सान्त्वना भएको आयोजकले जनाएको छ । त्यस्तै जुनियर तर्फ रुकुमेली नापी समाजको भुवन खड्का र चित्र ओलीको जोडी प्रथम तथा रुकुमेली नापी समाजकै पवन पाण्डे र भिमप्रकाश देवकोटा नकालको जोडी द्वितीय भएको रुकुमेली नापी समाजका सचिव हरि केसीले जानकारी दिनुभयो ।
जुनियर तर्फ राजु राना र प्रणव थारु तथा भीम श्रेष्ठ र जयानन्द भट्टको जोडी सान्त्वना भएको छ । सिनियर तर्फ रुकुमेली नापी समाजका रुद्रराज ओली सर्वोत्कृष्ट खेलाडी घोषित भएको आयोजक धादिङ नापी पेसाकर्मी समाजका संयोजक भीम श्रेष्ठले जानकारी दिनुभयो ।।