Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि विकास बैंककाे वार्षिकोत्सवकाे अवसरमा ब्याडमिन्टन: हरि र कृष्णको जोडी प्रथम

कृषि विकास बैंककाे २८ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा हरि केसी र कृष्ण सलामीको जोडी प्रथम भएको छ । राष्ट्रिय स्तरको आन्तरिक तथा कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नापी विभागको हरि र कृष्णको जोडी प्रथम भएको हो । उक्त जोडीको प्रशिक्षकमा नरेन्द्र घर्ती रहनु भएको थियो ।

प्रतियोगितामा १६ वटा कर्पोरेट जोडीको सहभागिता रहेको थियो । कृषि विकास बैंककाे टक्कर कँवर र राजकुमार निरौला द्वितीय भयो । त्यस्तै नापी विभागको दीपेन्द्र खड्का र प्रकाश कँवर तथा नेपाल विद्युत् प्राधिकरणको भक्तराज जोशी र विनोद अधिकारीको जोडी सान्त्वना भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update