Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनकाे अवसरमा कक्षा ८ कि  विद्यार्थीद्वारा विद्यालयलाई  सहयोग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ कि एक विद्यार्थीले आफू अध्ययनरत विद्यालयलाई सहयोग गरेकी छन् । नेपाल राष्ट्रिय मावि जमारूमा कक्षा ८ मा अध्ययनरत टंकमान ओली र गणेशा ओलीकी छोरी कोपिला ओलीले ५ हजार बराबरका विभिन्न सामग्री सहयोग गर्नुभएको हो ।

उहाँले बुधवार आफ्नो जन्मदिनको अवसरमा दुई वटा तामाका गाग्री र थाली विद्यालयका प्रधानाध्यापक लक्ष्मी ओली तथा विद्यालयमा कार्यरत शिक्षकहरूलाई हस्तान्तरण गर्नुभयो ।

जन्मदिनमा हुने फजुल खर्चलाई रोकी आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेको कोपिलाले बताउनुभयो । सानै उमेरमा समाज सेवाको उत्कृष्ट नमुना पेस गरेको भन्दै विद्यालयले कोपिलालाई धन्यवाद दिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update