Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा बुधवार बेलुकी देखि नेपाल टेलिकमको सेवामा समस्या

रुकुम पश्चिममा नेपाल टेलिकमको सेवामा समस्या आएको छ । बुधवार बेलुकी ७ बजेदेखि देखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हो । फोन तथा इन्टरनेटले राम्ररी काम गरिरहेको छैन ।

नेटवर्क आउने र जाने क्रम जारी छ । नेटवर्क आएको बेला पनि काम गरिरहेको छैन । जसले गर्दा नेपाल टेलिकमका हजारौँ सेवाग्राही मारमा परेका छन् ।

दाङको तुलसीपुर र सल्यानको बिचमा फाइबर कट्दा सेवामा समस्या आएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । फाइबर जडानको काम भइरहेको उहाँले बताउनुभयो । छिट्टै समस्याको हल हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update