Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले गर्याे ६ महिनामा झण्डै ३४ लाख राजस्व संकलन 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले ६ महिनाको अवधिमा झन्डै ३४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षदेखि माघ २२ गतेसम्म विभिन्न शीर्षकमा ३३ लाख ८५ हजार ४ सय २ रुपैयाँ ३९ पैसा राजस्व सङ्कलन गरेको हो । सम्पत्ति कर, भूमि कर, बहाल कर, नक्सा पास दस्तुर, सिफारिस लगायत विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन भएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको कार्यालयबाट १३ लाख ८७ हजार ४ सय ४७  रुपैयाँ, पशु सेवा शाखाबाट २९ हजार ८ सय ५०, कृषि विकास शाखाबाट २५ हजार ८ सय ८५, शिक्षा शाखाबाट १५ हजार ४ सय राजस्व सङ्कलन भएको छ । गाउँपालिका अस्पतालबाट ९० हजार ५०, सिम्रतु स्वास्थ्य चौकीबाट २७ हजार ५ सय १९ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडा तर्फबाट सबैभन्दा बढी २ नम्बर वडा कार्यालयले ३ लाख १५ हजार १ सय २९ रुपैयाँ ३९ पैसा राजस्व सङ्कलन गर्दा सबैभन्दा कम ८ नम्बर वडा कार्यालयले ७१ हजार ४ सय ७० रुपैयाँ १३ पैसा सङ्कलन गरेको छ । 

त्यस्तैगरी १ नम्बर वडा कार्यालयले १ लाख ९५ हजार ३ सय १६ रुपैयाँ ९९ पैसा, ३ नम्बर वडा कार्यालयले १ लाख ७० हजार ३ सय ४७, ४ नम्बर वडा कार्यालयले २ लाख ६६ हजार ६ सय ४१, ५ नम्बर वडा कार्यालयले २ लाख ३२ हजार १ सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो । 

त्यस्तै ६ नम्बर वडा कार्यालयले १ लाख ४८ हजार २ सय ५३, ७  नम्बर वडा कार्यालयले १ लाख ८ हजार ३ सय ४४, ९ नम्बर वडा कार्यालयले १ लाख ४८ हजार ३ सय ५८ र १० नम्बर वडा कार्यालयले १ लाख ५३ हजार २ सय २५ रुपैयाँ ६७ पैसा राजस्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा १ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।  

यसैविच गाउँपालिकाले ६ महिनाको अवधिमा विनियोजित गरेको कुल ५८ करोड ५७ लाख ६० हजार बजेट मध्य २२ करोड ३१ लाख १८ हजार २३ रुपैयाँ अर्थात् ३८ दशमलव ०९ प्रतिशत रकम खर्च भएको  जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update