Kakhara सबैको खबर सम्पूर्ण खबर
झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा बेपत्ता अनिलको शव फेला, अर्जुनको खोजी जारी

सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा भेरी नदीमा खसेर बेपत्ता रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङका २४ वर्षीय अनिल घर्तीको शव फेला परेको छ । बुधवार बिहान निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर नदीमा बेपत्ता भएका दुई जना जना मध्य अनिलको शव सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतको गोताखोर टोलीले फेला पारेको हो ।

उनको शव नदीको झन्डै ४० मिटर गहिराइमा अड्किएको अवस्थामा फेला परेको बताइएको छ । नदीमा बेपत्ता रुकुम पूर्वको सिस्ने गाउँपालिका २ कै १८ वर्षीय अर्जुन झाँक्री मगरको भने खोजी भइरहेको छ । भेरी नदीमा बेपत्ता भएका दुवै जनाको खोजीका लागि नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक राम खत्री सहितको टोली बिहीबार बिहान पुनः घटनास्थल पुगेको थियो । 

बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको जाली लगाउने बेला लठ्ठाले हुत्याएपछि अनिल र अर्जुन नदीमा खसेका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update