Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकामा  छैटौँ  राष्ट्रपति रनिङ शिल्ड जारी 
फाइल फाेटाे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा मावि स्तरीय छैटौँ  राष्ट्रपति रनिङ शिल्ड जारी छ। ५ नम्बर वडा स्थित रुक्मिणी माध्यमिक विद्यालयको खेल मैदान रुकुमकोटमा बिहिबारबाट शिल्ड  सुरु भएको  हाे । शिल्डमा पालिका भित्रका नौ वटा मावि र एक वटा संस्थागत गरी दश  वटा विद्यालयको सहभागी रहेको  शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिल्डमा छात्र, छात्रा भलिबल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन भइरहेका छन् । त्यस्तै दौड तर्फ  छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड  प्रतियोगिता सञ्चालन हुने छन् । त्यसैगरी छात्र, छात्रा रिले दौड, प्रतियोगिता पनि संचालन हुने  शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । 

गत वर्षकाे राष्ट्रपति रनिङ शिल्डको विजेता  ३ नम्बर वडाको जनता मावि पोखरा बनेको थियो । शिल्ड प्राप्त गर्न लगातार तीन वर्ष विनेता हुनुपर्छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update