Kakhara सबैको खबर सम्पूर्ण खबर
बाेलेराे दुर्घटनामा सीताको मृत्यु, दुई छोरा घाइते

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा भएको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । माडी गाउँपालिकाको घर्तीगाउँबाट दाङ जाँदै गरेको लु १ च ९४०६ नम्बरको बाेलेराे जिप त्रिवेणी ७ गाङ भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा त्रिवेणी गाउँपालिका ७ रुकुम पश्चिम माइती घर भई रोल्पाको गङ्गादेव २ कि २९  बर्सिया सीता खड्काको मृत्यु भएको बताइएको छ । उहाँका २ छोरा घाइते भएका छन् । ३ वर्ष र १८ महिनाका बच्चा घाइते भएको र उनीहरूलाई थप उपचारका जिल्ला अस्पताल रेउघा रिफर गरिएको छ ।

जिपमा सीताका तीन आमा छाेरा र चालक, सहचालक गरी ५ जना मात्र सवार रहेको बताइएको छ । चालक र सहचालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । लामाे समय रूकुम पश्चिमका विभिन्न संघ संस्थामा काम गरेकी सीता हाल मावि हाेलेरी राेल्पामा निमावि तहकी स्थायी शिक्षिका हुनुहुन्थ्यो ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update