![प्यारो हाम्रो देश नेपाल](https://www.kakhara.com/uploads/posts/diwakar-sharma-profile-1736494491.jpg)
एउटा सीमा रेखाले बन्धित ठुलो जमिनभित्र पर्ने भाग नै एउटा देश हो। जुन आफ्नो आफ्नो देश भनेर भन्ने गर्दछौँ। उसो त यो पृथ्वी सबैको साझा हो । सायद यो पृथ्वीमा जानका लागि भिजा पासपोर्ट लाग्दैन होला । तर ती घेराभित्र बन्धित आआफ्ना देशहरूले यो प्रक्रिया ल्याएका हुन् संसारमा दुई वटा मात्रै जात छन् । जुन महिला र पुरुष भनेजस्तै संसारमा एउटै मात्र जमिन छ। जो हो पृथ्वी । तर पनि आफ्नो पहिचानका लागि आफ्नो पहिचानका लागि एउटा घेराभित्र बन्धित भएर हाम्रो देश बन्नुपर्दछ ।
यदी यी सुना भन्ने हो भने आफ्नो पहिचान कसरी दिने भन्नेमा मान्छे विचलित हुन सक्छ। तिनै देशहरूमध्येको( १४७१८१) एक लाख ४७ हजार १ ८१ वर्ग किलोमिटर सजिएको एउटा देश हो नेपाल जुन निकै लोकप्रिय छ, र विश्वभर चिर परिचित छ। जुन परिचित हुनका लागि प्यारो हाम्रो देश नेपालभित्र विभिन्न चिनिने खालका विश्वभरमा नभएका त्यस्ता चिज वस्तुहरू छन् । जसले गर्दा विश्वभर प्रख्यात छ ।
प्यारो नेपाल हिमाल, पहाड,तराई को बनोटमा बनेको हाम्रो नेपाल निकै सुन्दर छ। नेपालभित्रका जडीबुटी हरू औषधिको रूपमा प्रयोग हुन्छन् जुन निकै लाभदायक र उपयुक्त छन् यहाँको पानी अमृत जस्तै छ । जुन पानीलाई कुनै शुद्धता गर्नु पर्दैन हराभरा वन जङ्गल भित्र पनि ८६४ भन्दा बढी अनेकौँ प्रजातिका वनस्पतिहरू यहाँका मुख्य आकर्षक वन जङ्गलहरू हुन् । तिनै वन जङ्गलभित्र ९०० भन्दा बढी जङ्गली जनावरहरू, १३६ जातभन्दा बढी स्तनधारीहरू हाम्रै नेपालमा पाउँछन् ।
वर्षका ३६५ दिनै विभिन्न चाड पर्वहरू, फरक ठाउँमा फरक रीतिरिवाज फरक ठाउँमा फरक भाषा भेष फरक ठाउँमा फरक चालचलन अनि ८ हजार ८४८ मिटर अग्लो सगरमाथा ८ हजार भन्दा माथिका अग्ला ती हिमालहरू, सर्वाधिक शक्तिशाली पशुपतिनाथ, पाथीभरा निरन्तर बलिरहने ज्वाला तातोपानी, चिसो पानी विभिन्न मठ मन्दिर हरेक ठाउँको फरक बालीनाली ७७ जिल्लाहरूको आफ्नै फरक रूप रङ्ग जीवनशैली जिल्लै पिछे मठमन्दिर नदीनाला ताल तलैया छाँगा छहरा फेवा र रारा अनि दुल्लु देखि विजयपुरसम्मका सांस्कृतिक सम्पदा ब्रह्माण्डमा अन्त कहीँ छन्, साक्षात् स्वर्गको एक टुक्रा हो प्यारो नेपाल, फरक फरक ठाउँको फरक फरक भाषा भेष फरक फरक ठाउँको फरक फरक हावापानी फरक फरक ठाउँको फरक फरक रीति संस्कृति फरक ठाउँको फरक सांस्कृतिक पहिचान नेपाली पोसाक ।
सगरमाथा, पशुपतिनाथ लगायतका मठमन्दिर दैविक शक्तिले भरिपूर्ण भूमि माता सीताको जन्म देश अरनिको जन्म देश र गौतम बुद्धको जन्म देश वाल्मीकि लगायत विभिन्न ऋषि मुनिहरूले तपस्या गरेको ठाउँ नेपालीपनको बहादुरीपन अङ्ग्रेजहरूको लडाइँमा चिसो न गर्मी ठिक्कको हावापानी ले परिचित छ देश नेपाल, मल्ल, किराँत लिच्छविकालका राजाहरूको शासनकालमा किन नहोस् बाइसे र चौबीसे राज्यहरूको बेला किन नहोस् जहानियाँ राणा शासनको बेला किन नहोस् पञ्चायतको बेला किन नहोस् १० वर्षीय जनयुद्धको बेला किन नहोस् अहिले गणतन्त्र , लोकतन्त्र र संघीयताको बेला किन नहोस् सधैँ स्वाधीनतामा बाँचिरहेको छ प्यारो हाम्रो देश नेपाल,