कखरा साहित्य
कविताः माया के हो ?

माया के हो कसलाई थाहा छ ?
तिमीलाई थाहा छ
माया के हो भनेर
मैले उसलाई सोधेँ
उसले भनी माया प्रेम, संसार हो अनि माया त माया हो ।
माया याद पनि हो एक अर्काको
दुःख र सुख साट्ने माध्यम हो
अनुभव सुनाउने माध्यम हो
खेल ठट्टा गर्ने अड्डा पो हो ।
माया महशुस हो, आत्माबिचको सुमधुर सम्बन्ध हो
शरीरको माया क्षणिक हो, भावना भएको माया दीर्घकालीन हो ।
एकले अर्कोलाई साथ सहयोग गर्नु पनि माया हो
माया संस्कृति र सभ्यताको चिनारी हो
असल व्यक्तिहरू मिलेर बस्ने निवास हो
माया सागर र समुन्द्रको गहिराइ जस्तै: नाप्न नसकिने कुरा हो ।
लेखक : निश्चल ज्ञवाली
सैनामैना, रुपन्देही
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्