
देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि हामीले बि स २०७२ मा नयाँ शक्ति निर्माण अभियानबाट बि स २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापनाका संस्थापक सदस्यका रूपमा सहभागी भएका थियौँ । हामीले नयाँ शक्ति पार्टी मार्फत देशमा देशलाई अग्रगामी र मिसनको आधारमा समृद्ध शाली बनाउने अठोट गरेका थियौँ । हामीले नयाँ शक्ति विद्यार्थी युनियन मार्फत विद्यार्थी राजनीतिलाई विद्यार्थी आन्दोलनमा नयाँ रूप र चरणमा प्रवेश गरेको सन्देश गर्न चाहन्थियाैँ । नयाँ संविधान निर्माण पश्चात् देशमा खास गरी शैक्षिक र आर्थिक रूपमा ठुलो फड्को मार्ने हाम्रो विश्वास थियो । हामीले पाँच स का माध्यमबाट देशको मुहार फेर्न सकिने र समृद्धि सम्भावना हाम्रै पालामा देखेका थियौँ ।
हामीले नयाँ शक्ति निर्माणका लागि गरेका प्रयत्न समग्रमा प्रतिकुल साबित भए र यसलाई विज्ञानको परिभाषामा परीक्षण वा प्रयोग असफल भएको मानिन्छ । हामीकहाँ केही थप्नु पर्ने तथा कमी कमजोरी सच्याउने अवसर प्राप्त भएको हो । वैकल्पिक राजनीति अमुक व्यक्ति र पार्टीको ठेक्का होइन बरु यसको परिकल्पनाकार गर्ने पात्र दूरदर्शी व्यक्ति हुन भन्ने कुरामा कुनै दुई मत छैन । यस महाअभियानमा कोही छुट्न सक्छ ,कोही टुट्न सक्छ र कसैको काल गतिले मृत्यु हुनसक्छ तर यो अभियान जबसम्म देशमा समृद्धि र राष्ट्रिय गरिमा विश्वसामु उच्च र स्वच्छ हुँदैन त्यस बेलासम्म जारी रहनेछ।
विसं २०७२ सालदेखि मैले वैकल्पिक राजनीति यात्रा सुरु गर्दै गर्दा विद्यार्थी राजनीतिमा पनि आफ्नो सक्रियता प्रारम्भ गरेको थिए । हुन त मलाई विद्यार्थी राजनीति खासै रुचिगत थिएन । किनभने म आफूलाई समाजमा भएका व्याप्त असमानता, विभेद, अशिक्षा, गरिबी, बेरोजगारी, भ्रष्टाचार र विकास निर्माणका सवालमा हुने दुरुपयोगका विषयमा आफूलाई उभ्याउन चाहन्थे । मैले बुझेको विद्यार्थी राजनीतिमा मात्रै म सीमित भए भने समाजमा भएका ती असङ्गतिपूर्ण अवस्थाहरूको अन्त्य गर्ने आवाज बन्द हुन्छ भन्ने लागेको थियो ।
त्यस कारण मैले विद्यार्थी राजनीतिबाट आफूलाई कम उमेरमै अलग गरी एक व्यक्ति एक पद अधिकतम दुई कार्यकाललाई व्यवहारिक रूपमा लागू गरेको छु ।
विद्यार्थी राजनीति केवल विद्यार्थीको मात्र हो तर मूलधारको राजनीति भनेको पार्टीका विभिन्न गतिविधि मार्फत समाजमा आफ्ना धारणाहरू विचारहरू प्रस्ट पार्दै गर्दा जनतालाई सचेत र स्वविवेकी बनाउन सकिन्छ भन्ने मेरो निष्कर्ष रहेको थियो। त्यस कारण मैले पार्टीका नेताहरूसँग पार्टी र विद्यार्थीको राजनीति गर्ने सर्तमा विद्यार्थी राजनीति गर्ने निर्णय गरेको थिए। विसं २०७२ माघ १५ गते श्री त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको इकाई कमिटीको अध्यक्ष हुँदै त्यसको ठिक एक वर्षपछि नयाँ शक्ति विद्यार्थी युनियन रुकुम पश्चिमको जिल्ला संयोजक भएको थिए ।
मैले नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियनको पाँच वर्ष जिल्ला अध्यक्षको रूपमा कार्यभार सम्हालेको थिए। त्यस्तै विसं २०७५ सालमा पहिलो महाधिवेशनबाट म केन्द्रीय सदस्यको रूपमा निर्विरोध निर्वाचित भएको थिए। त्यसका साथै त्यसको चार वर्षपछि मैले जनता समाजवादी पार्टी विभाजित भई नेपाल समाजवादी पार्टी निर्माण भएको बखत मैले केन्द्रीय सचिवको जिम्मेवारी पाएको थिए। केन्द्रीय सदस्य हुँदै गर्दा मैले जिल्ला अध्यक्षको रूपमा पनि कार्यकाल समालेको थिए । यस कारण पनि मैले अब विद्यार्थी राजनीतिमा मात्र अड्किएर बस्नु सान्दर्भिकता मानेको छैन । यद्यपि आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समस्याको उठान र उनीहरूको हक हितका निम्ति निरन्तर खबरदारी भने जारी राखने कुरा सम्प्रेषण गर्दछु ।
मेरो पूर्व योजना नै एक व्यक्ति एक पद अधिकतम दुई कार्यकाल रहेको थियो। म जब म केन्द्रीय समितिमा सदस्यको रूपमा निर्वाचित भए त्यसपछि मैले एक पटक पदाधिकारी भएपछि विद्यार्थी राजनीति टुङ्ग्याउने निर्णय गरेको थिए। त्यसै अनुसार मैले विसं २०८१ मा १६ र १७ गते सम्पन्न नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो महाधिवेशन मार्फत मैले पिछडिएको क्षेत्र कोटामा केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचन जित्ने निश्चित र निर्विरोध केन्द्रीय उपाध्यक्ष हुने प्रबल सम्भावनाका बिच विद्यार्थी राजनीतिबाट आफूलाई अलग गर्ने एउटा ठुलो निर्णय लिएको छु। मलाई पद र प्रतिष्ठा भन्दा विधि पद्धति नै सान्दर्भिक लाग्दछ ।

त्यस कारण मैले विद्यार्थी राजनीतिबाट आफूलाई कम उमेरमै अलग गरी एक व्यक्ति एक पद अधिकतम दुई कार्यकाललाई व्यवहारिक रूपमा लागू गरेको छु । उच्च पदमा गई आफ्नो जिम्मेवारी निर्वाह गर्न र त्यसबाट प्राप्त गौरव हासिल गर्न कसको पो इच्छा हुँदैन । मानिसको जीवनमा सबैभन्दा ठुलो त्याग र धैर्यता हो भन्ने कुरा म आफ्नो जीवनबाट लागू गर्न चाहन्छु । जबसम्म एउटा नागरिकले आफू जिम्मेवार भएर सत्यको पक्षमा बोल्दैन र त्यसलाई लागु गर्दैन भने उसको अपेक्षा अन्य नागरिकहरूबाट होस् भन्ने कुरा गलत साबित हुन जान्छ ।