रामु पुनकाे नयाँ नेपाली गीत तकदिर-२ बजारमा आएको छ । रोशन सिंहको शब्द सङ्गीत, प्रमोद खरेलको स्वर रहेको गीत बजारमा आएको हो । यस गीतको भिडिओमा रामु सहित चर्चित मोडल सारिका केसी र रिम खड्काकाे पनि अभिनय रहेको छ ।
यस गीतको निर्देशन सिर्जन बरालले गर्नुभएको छ भने एरेन्ज विशाल निरौलाले गर्नुभएको छ । गीतमा लगानी रामुकै हाे । मायामा पाएको धोकालाई गीतमा चित्रण गरिएको छ । आफूले चाहेको व्यक्तलाई पाउन नसक्दाको पीडा गीतमा शब्द र चित्रबाट वर्णन गरिएको छ ।
माया गरेको मान्छे अरूको हुँदा पनि माया लाग्न नछाडेको पीडा देखाइएको छ । तकदिरमै नभएपछि जति माया भए पनि माया गरेको मान्छेलाई आफ्नो बनाउन सकिन्न र त्यस्तो अवस्थामा कति पीडा हुन्छ भन्ने देख्न सकिन्छ ।
`वास्तविक जीवनमा आधारित´
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का रामु पुन पेसाले इन्जिनियर हुनुहुन्छ । उहाँले आफ्नै कन्सल्टेन्सी सञ्चालन गरिरहनुभएको छ । विभिन्न सामाजिक सेवामा उहाँ तल्लीन हुनुहुन्छ । कोमल मनका रामु दुःखमा परेकाहरूलाई सहयोग गर्नबाट पछि पर्नुहुन्न । सानैबाट गीत सङ्गीतमा रुचि राख्ने पुनले आफ्नै वास्तविक जीवनमा आधारित गीत तयार पारेको बताउनुभयो ।
यो गीतमा देखाइएको सबै पीडा वास्तविक रहेको उहाँले बताउनुभयो । `मैले गीत मार्फत वास्तविक पीडालाई प्रस्तुत गर्ने प्रयास गरेको छु, मलाई आशा छ दर्शक श्रोताले मन पराइदिनुहुने छ,´ उहाँले भन्नुभयो । मनका पीडाहरू विभिन्न माध्यमबाट पोखिने गरेकामा आफूले गीत मार्फत व्यक्त गरेको उहाँको भनाई छ । `जीवन नै सम्झौतामा चल्ने रहिछ मेराे जीवनको एक सम्झौता गीतमा अभिव्यक्त गरेको छु, उहाँ भन्नुहुन्छ ।´