Kakhara सबैको खबर सम्पूर्ण खबर
सचेत युवा समाज नेपाल रुकुम पश्चिमको अध्यक्षमा टिकाराम

सचेत युवा समाज नेपाल रुकुम पश्चिमको पहिलो भेला सम्पन्न भएको छ । शनिवार मुसिकोट नगरपालिका वडा नम्बर १२ मा पहिलो जिल्ला भेला सम्पन्न भएको हो । पहिलो भेलाले नयाँ जिल्ला कार्यसमिति  निर्माण गरेको छ ।

भेलाले टिकाराम सुनारको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला  कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्ष केसरमान विक,  सचिवमा सोम्पाल कामी, सह सचिवमा दुर्गाप्रसाद विश्वकर्मा र कोषाध्यक्षमा गङ्गा विक रहनु भएको छ  ।

त्यस्तै भेलाले धिरन सेर्पालीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सदस्यहरूमा भद्रबहादुर सेर्पाली, मानबहादुर चदरा, लक्ष्मण विक, सुशील विक र झरना विक रहनुभएको छ ।

सचेत युवा समाज नेपाल संस्थाले समाजमा भएका विकृति, विसङ्गति, भ्रष्टाचार, रोजगार, बालविवाह न्यूनीकरण गर्नुका साथै समाजमा हुने नराम्रो गतिविधिहरूमा खबरदारी गर्ने नवनिर्वाचित सचिव कामिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update