
नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलङ्गामा भएको अधिवेशन नयाँ जिल्ला कार्यसमिति निर्माण गर्दै सम्पन्न भएको छ । अधिवेशनले जोगेन्द्र पुनको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको खुला उपाध्यक्षमा राजेन्द्र बिसी, महिला उपाध्यक्षमा लीला शर्मा समावेशी उपाध्यक्षमा तिलकबहादुर घर्ती, सचिवमा प्रेमप्रकाश खड्का सहसचिवमा एक्कबहादुर केसी र कोषाध्यक्षमा कल्पना बुढामगर चयन हुनुभएको छ । सदस्यहरूमा वीरबहादुर ओली, ठगेन्द्र केसी, वीरेन्द्र खड्का, सफलराज पुन, पशुपति शर्मा चयन हुनुभएको छ । त्यस्तै जयबहादुर थापा, ताराबहादुर गिरी, जयमती विष्ट केसी, लक्ष्मी खड्का र डिल्लीबहादुर खड्का पनि सदस्यमा चयन हुनुभएको हो ।
अधिवेशनबाट प्रदेश प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि छनोट गरिएको नवनिर्वाचित अध्यक्ष पुनले जानकारी दिनुभयो उहाँका अनुसार प्रदेश प्रतिनिधिमा खडकलाल नेपाली, लोकेन्द्र ओली, रामबहादुर केसी, रुपा थापा र ध्रुवकुमार बाठामगर चयन गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देवबहादुर ओली, नरेन्द्र बुढामगर, यामबहादुर केसी, कमला मल्ल र कमल केसी चयन हुनुभएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिम अध्यक्षका देवबहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशन निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य लक्ष्मण शाहको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री लगायत अन्य नेपाली काँग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।