![सिस्ने गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड रोकियो](https://www.kakhara.com/uploads/posts/sisne-r-mun-1739097046.jpg)
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड रोकिएको छ। आज बिहान १० बजे देखि शिल्ड रोकिएको हो । अहिलेसम्म शिल्ड सुरु भएको छैन । दुई विद्यालय बिच विवाद हुँदा शिल्ड रोकिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । आजै बिहान भएको चार गुणा एक सय मिटरको रिले दौडमा ५ नम्बर वडाको रुक्मिणी मावि र ६ नम्बर वडाको त्रिभुवन मावि छिप्रीदह बिच दौडमा विवाद हुँदा शिल्ड रोकिएको हो । विवादका कारण शिल्ड सञ्चालन हुन सकेको छैन ।
अहिले शिल्ड व्यवस्थापन समिति गाउँपालिका र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू बिच छलफल भइरहेको छ । शिल्ड के कारण विवाद उत्पन्न भयो, अब कसरी शिल्ड सञ्चालन गर्ने भन्ने विषयमा छलफल भई रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले जानकारी दिनुभयो । कसरी विवाद भयो भन्ने विषयमा आफू भन्दा सम्बन्धित खेलका रेफ्रीलाई थाहा भएको शाखा प्रमुख बुढाले बताउनुभयो । यहाँ माघ २४ गते देखि शिल्ड सुरु भएकाे थियाे ।