रुकुम पूर्वमा आज २४ जनामा कोरोना भाइरस संक्रमण
रुकुम पूर्वका विभिन्न ठाउमा आज भएको एन्टीजेन परीक्षणबाट २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । रुकुम पुर्व अस्पतालमा १४ जनालाई परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ । त्यस्तै आज सिस्ने गाउँपालिका वडा नं. २ मा ४४ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । आजै पुथाउत्तरगग्ङा गाउँपालिकामा १२ जनामा परीक्षण गर्दा ६ जनामा देखिएको छ ।
भुमेमा गाउँपालिकामा भने आज संक्रमित फेला परेनन् । ४ जनामा गरिएको परीक्षणमा ४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । आज २४ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या १ सय ३४ पुगेको स्वास्थ्य कार्यालय रुकुम पुर्वले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १७:३६
प्रतिक्रिया दिनुहोस्