Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चुल्होमा पर्दा ६ महिने नाबालकको ज्यान गयो 

रुकुम पश्चिममा एक ६ महिने नाबालकको चुल्होमा परेर ज्यान गएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १३ पाखापानीकी विमला सिंहका ६ महिने छोराको आफ्नै घरको चुल्होमा जलेर मृत्यु भएको हो । नाबालक बिन्दास पुन घरमा कोही नभएको बेला चुल्होमा परेर घाइते भएको र चौरजहारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आमा भान्सा बाहिर रहेका बेला एक्लै रहेका बिन्दास चुल्होमा परेको बताइएको छ ।।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update