Kakhara सबैको खबर सम्पूर्ण खबर
खारा ब्यारेक नजिकै फेला परेको बम सेनाद्वारा डिस्पाेज

रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । नेपाली सेनाको ब्यारेक नजिकै फेला परेको बम चण्डी दल गण सल्लेको बम डिस्पोजल टोलीले डिस्पाेज गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । खारा ब्यारेक नजिकै लालीगुराँस सामुदायिक बनमा आज बिहान बम फेला परेको थियो ।

सडक खन्ने क्रममा खोल्सामा बम जस्तो बस्तु भेटिएपछि त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भद्रबहादुर शेर्पालीले प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । त्यसपछि प्रहरी चौकी झुल्नेटाबाट प्रहरी टोली, खारा ब्यारेकबाट सेनाको टोली र चण्डीदल गण सल्लेबाट बम डिस्पाेजल टोली घटनास्थल पुगेको थियो ।

खारामा चण्डीदल गणकाे गुल्म रहेको छ । खारा ब्यारेकमा युद्धकालमा धेरै पटक नेपाली सेना र माओवादी सेना बिच लडाई भएको थियो । यो बम युद्धकालकै रहेको अनुमान गरिएको छ ।  

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update