जनयुद्ध दिवस
बाँफिकोट गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दियाे

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । आईतबार बसेको १० औँ कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जनयुद्ध दिवसलाई भव्य रूपमा मनाउनको लागि एक दिन सार्वजनिक बिदा दिएकाे गाउँपालिकाले जानकारी दिएको छ । हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा पालिकाकाे २ नम्बर वडा जिपुमा जनवादी मेला गर्दछ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १०:११
प्रतिक्रिया दिनुहोस्