विवाद मिलेसँगै सिस्नेको छैटौं राष्ट्रपती रनिङ शिल्ड पुनः सुरु
आतइबार दिन भर रोकिएको सिस्ने गाउँपालिका स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड पुनः सुरु भएको छ। छात्रा तर्फको चार गुणा एक सय मिटरको रिले दौड प्रतियोगितामा विवाद हुँदा शिल्ड रोकिएको थियो । विवादका कारण आइतबार कुनै पनि प्रतियोगिता सञ्चालन हुुन सकेन्न ।
सम्बन्धित खेलका रेफ्री, गाउँपालिका, शिल्ड सञ्चालक समिति तथा सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफलबाट विवाद हल भएपछि शिल्ड सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो। अहिले छात्र तर्फ कराते तथा छात्रा तर्फ भलिबल प्रतियोगिता भैरहेको छन ।
माघ २४ गते देखि रुक्मिणी मावि खेल मैदानमा शिल्ड सञ्चालन भइरहेको छ। शिल्ड मंगलबार समापन हुने गाउँपालिकाले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १३:२१
प्रतिक्रिया दिनुहोस्