Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले, रुकुम पूर्वबाट सचिव सहित ३ जना परे 

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप वाग्ले निर्वाचित हुनुभएको छ । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । जसको खुला उपाध्यक्षमा भूपेन्द्र वली, समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्षमा देवी गुरुङ निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिवमा कमल रायमाझी, खुला सचिवमा तिलाचन पाण्डे र जीवलाल सुवेदी, महिला सचिवमा अनिता पोखरेल, दलित सचिवमा भारत नेपाली र सचिवमा जितेन्द्र बुढाथोकी तथा कोषाध्यक्षमा प्रकाश वैद्य निर्वाचित हुनुभएको छ । यस्तै रुकुम पूर्वबाट दुई जना प्रदेश सदस्य बनेका छन् । महिला सदस्यमा उर्मिला गौतम र दलित सदस्यमा बालाराम शेर्पाली निर्वाचित हुनुभएको हो । सर्वसम्मत रूपमा प्रदेश समिति निर्माण गरिएको हो ।

InShot_20250211_083905443-1739242642.jpg
प्रदेश समिति सचिव बुढाथाेकी बायाँ, सदस्य गाैतम बिचमा, सदस्य शिर्पाली दायाँ । 


 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update