Kakhara सबैको खबर सम्पूर्ण खबर
अपांगता संरक्षण मञ्च रुकुम पश्चिमको अध्यक्षमा दिपेन्द्र 
नवनिर्वाचित कार्यसमिति ।

नेपाल अपांग संरक्षण मञ्च रुकुम पश्चिमको २१ औं साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको । सोमवार जिल्ला सदरमुकाम खलंगामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले अपांगता संरक्षण मञ्च रुकुम पश्चिमको नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको छ ।  दिपेन्द्रबहादुर पुनमगरको अध्यक्षतामा ७ सदस्यीय  नयाँ कार्यसमिति चयन  गरिएको अपांगता संरक्षण मञ्च रुकुम पश्चिमले जनाको छ ।

जसको उपाध्यक्ष डिलसरा वोहरा सचिवमा सुवास परियार र कोषाध्यक्षमा गिताकुमारी चन्द  चयन हुनुभएको छ । सदस्यहरुमा इन्द्रलाल गौतम, पुतला नेपाली, र भबी बिटालु  चयन हुनुभएको हाे। साथै अधिवेशनबाट सल्लाहाकार समिति पनि निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्लाहकार सदस्यमा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेपाल वार एशोसियसनका अध्यक्ष गणेश हमाल, अपांगताको क्षेत्रमा कार्यरत एवम पुर्व शिक्षक गणेश केसी र नेपाल पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी रहनुभएको छ ।

मञ्चका निर्वतमान अध्यक्ष भिमबहादुर डांगीको अध्यक्षतामा भएको अधिवेशनमामा जिल्लाभित्र रहेका अपांगहरुको उपस्थित रहेको थियो । नयाँ कार्यसमितिले अपांगता भएका व्यक्तीहरुको हक हितका लागि काम गर्ने बताएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update