Kakhara सबैको खबर सम्पूर्ण खबर
हाम्रो सरोकारको नेतृत्वमा क्यान्सर पीडित महतको उपचारका लागि आर्थिक सहयोग 
सहयाेग रकम हस्तान्तरण गरिँदै ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेकाे हाम्राे सराेकारकाे नेतृत्वमा एक जना क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । क्यान्सर पीडित मुसिकोट ७ कै लालबहादुर महतको उपचारका लागि हाम्रो सरोकारको कोषमा रहेको रकम तथा संस्थाको समन्वयमा मनकारी दाताहरूबाट सङ्कलन भएको रकम मङ्गलवार हस्तान्तरण गरिएको छ ।

संस्थाको कोषबाट तथा अन्य मनकारी दाताहरूबाट सङ्कलन भएको ३७ हजार ५५ रुपैयाँ परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हाम्रो सरोकारका महासचिव प्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार महतको उपचारका लागि संस्थाको कोषबाट ५ हजार, मनोज विकबाट १० हजार, सुरज विकबाट ३ हजार, चन्द्रबहादुर गिरीबाट ५ हजार ५ सय ५५, अरुण ओलीबाट ३ हजार र खड्कराज पुन मगरबाट ३ हजार सङ्कलन भएको छ ।

त्यस्तै सुवास विकबाट ३ हजार, दिलीप रुचाहिलीबाट १ हजार, धनमाया विकबाट १ हजार, इन्द्रबहादुर पुनबाट १ हजार र मातृका बुढामगर ओलीबाट १ हजार ५ सय गरी ३७ हजार ५५ रुपैयाँ महतको उपचारका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । महतको काठमाडौँमा उपचार चलिरहेको छ ।

बिहीबार बिहान वडाध्यक्ष एक्कबहादुर पाण्डे, वडा सदस्य जनक पुन, हाम्रो सरोकारको टिम तथा सहयाेगीदाताहरु महतको घरमै पुगेर उहाँकी श्रीमती र सहयोग सङ्कलन अभियानका नेतृत्वकर्ता महेन्द्र पाण्डेलाई उक्त सहयोग हस्तान्तरण गरेको बताइएको छ । 

सहयाेगीहरुः

sahayogi-1739273895.jpg

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update