Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रस रुकुम पश्चिमको नेतृत्व चुन्न मतदान सुरु

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको नेतृत्व चुन्न मतदान सुरु भएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान भइरहेको छ । बलवीर पुन र टेकबहादुर खड्का नेतृत्वको दुई प्यानल प्रतिस्पर्धामा रहेका छन् ।

बलवीर प्यानलबाट उपसभापतिमा दीपा डाँगी र गोपाल लामिछाने, मन्त्रीमा यज्ञबहादुर केसी, उपमन्त्रीमा भूपेन्द्र ओली, कोषाध्यक्षमा लक्ष्मण खड्का र उपकोषाध्यक्षमा मानबहादुर ओली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

टेकबहादुर प्यानलबाट उपसभापतिमा हीरा शर्मा, तेजबहादुर बटाला, मन्त्रीमा गोकर्ण खड्का, उपमन्त्रीमा जीतबहादुर खड्का, कोषाध्यक्षमा मेवालाल ओली र उपकोषाध्यक्षमा तेजबहादुर मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ ।

३ जना महिला सदस्यका लागि ५ जना, ७ खुला सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । खलङ्गाको एक हाेटलमा मतदान भइरहेको छ । मतदान पछि मतगणना आजै सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update