
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित हुनुभएको छ । सहमति हुन नसकेपछि मंगलबार राती भएको निर्वाचनबाट पुन नेतृत्वको प्यानल नै विजयी भएको हो । प्रतिस्पर्धी टेकबहादुर खड्कालाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार पुनले ३९ मत पाउँदा खड्काले २६ मत प्राप्त गर्नुभयो ।
उप सभापतिमा पुन प्यानलकै दीपा डाँगी खड्का र गोपाल लामिछाने निर्वाचित हुनुभयो । महिला उपसभापतिमा डाँगीले ३८ मत पाउँदा उहाँका प्रतिस्पर्धी हिरा शर्माले २६ मत पाउनुभयो भने खुला उपसभापतिमा लामिछानेले ३६ मत पाउँदा उहाँका प्रतिस्पर्धी तेजबहादुर बटालाले २७ मत पाउनुभयो । मन्त्रीमा यज्ञबहादुर केसी ४० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी गोकर्ण खड्काले २५ मत पाउनुभयो ।
कोषाध्यक्षमा ३९ मत पाएर लक्ष्मण खड्का निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेवालाल ओलीले २१ मत प्राप्त गर्नुभयो । उपमन्त्रीमा भूपेन्द्रकुमार ओली निर्वाचित हुनुभएको छ । उहाँले ३८ मत पाउँदा उहाँका प्रतिस्पर्धी जितबहादुर खड्काले २५ मत पाउनुभयो । त्यस्तै उपकोषाध्यक्षमा मानबहादुर ओली ४० मत ल्याएर निर्वाचित हुँदा तेजबहादुर मल्लले २२ मत पाउनुभयो ।
महिला सदस्यमा ५६ मत ल्याएर नैना खड्का, ५५ मत ल्याएर सुनिता विष्ट गौतम र ३६ मत ल्याएर हिमा खड्का ओली निर्वाचित हुनुभएको छ । अन्य सदस्यमा ४७ मत ल्याएर शिवराम खत्री, ४३ मत ल्याएर यदुकुमार आचार्य, ४० मत ल्याएर दिपबहादुर खत्री, ४० मत ल्याएर नन्दलाल खत्री, ४० मत ल्याएर तुल्सीराम बुढा, ३३ मत ल्याएर खड्कबहादुर केसी र ३० मत ल्याएर लीला गौतम निर्वाचित हुनुभएको छ ।
सहमतिमा नेतृत्व चयन हुन नसक्दा बलवीर पुन र टेकबहादुर खड्का नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा गएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिले मंगलबार राती नै प्रमाणपत्र समेत प्रदान गरिसकेको छ ।