रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित सुपथ मुल्यका सहकारी पसलबाट चिनि र तेलको विक्रि पनि सुरु भएको छ । विपन्न नगरवासीलाई लक्षित गरेर नगरपालिकाका २ ठाउँमा नगर कार्यपालिकाबाट स्विकृत भई सस्तो मुल्य पसल संचालन भइरहेका छन् ।नगरपालिकाले विपन्न नागरवासीलाई लक्षित गर्दै बजार मुल्य भन्दा सस्तो मुल्यमा खाद्यान्न सामग्रि उपलब्ध गराउने गरी सहकारी मार्फत वडा नं. २ को नयाँ बजार र वडा नं. ११ को टाटाबजारमा सस्तो मुल्य पसल संचालन गरिरहेको छ ।
यसअघि चामल मात्र बिक्रि हुने गरेका पसलबाट अव नुन र खाने तेलको बिक्रि समेत सुरु भएको हो । तेल र नुनको बिक्रि सुरु गर्दै नगरपालिकाले मुल्य समेत निर्धारण गरेको छ । उपभोक्ता कार्ड भएका र नभएका उपभोक्ताहरुका लागि छुट्टा छुट्टै मुल्य निर्धारण गरिएको छ । खाने तेलको उपभोक्ता कार्ड भएकाको हकमा प्रतिपोका ७५ रुपैंया र कार्ड नभएका उपभोक्ताहरुका लागि प्रतिपोका ८० रुपैंया कायम गरिएको छ । त्यस्तै चिनि उपभोक्ता कार्ड प्राप्त गरेकाहरुको हकमा प्रतिकेजि ७५ र उपभोक्ता कार्ड नभएकाको हकमा प्रतिकेजि ८० रुपैंया मुल्य तोकिएको नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
चामल भने यसअघि नै निर्धारण गरिएको मुल्यमा मुल्यमा बिक्रि भइरहेको नगरपालिकाले जनाएको छ । चालम उपभोक्ता कार्ड भएकाहरुलाई प्रतिकिलो ४० रुपैंया र कार्ड नभएकाहरुलाई प्रतिकिलो ४४ रुपैंयामा बिक्रि भइरहेको छ । नगरपालिकाले नगरभरका ६ सय २८ विपन्न परिवारलाई उपभोक्ता कार्ड वितरण गरेको छ । दैनिक उपभोग्य वस्तुमा सहुलियत दिनका लागि उपभोक्ता कार्ड वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।
१ सय वादी परिवारलाई निशुल्क चामल
नगरपालिकाले १ सय घर वादी परिवारलाई निशुल्क रुपमा चामल वितरण गरेको छ । दसैं तथा तिहारको अवसरमा नगरपालिकाले १ सय वादी परिवारलाई प्रति परिवार २५ केजिको चामलका एक/एक वटा बोरा वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ । उहाँका अनुसार केहि परिवारले दसैंमा चामल लिईसकेको र छुटेकाहरुले अहिले चामल लिईरहेका छन् । चाडपर्वमा राहत पुगोस भनेर उनिहरुकै मागका आधारमा निशुल्क चामल वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले यसअघि वादी समुदायका परिवारको निशुल्क स्वास्थ्य वीमा समेत गरिदिएको थियो ।