
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि `जनयुद्ध दिवस´को अवसरमा सार्वजनिक बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।
नेपालमा सामाजिक न्याय र समानता कायम गर्न राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न २०५२ फागुन १ गतेदेखि सुरु भएको ऐतिहासिक जनयुद्धको स्मरण गर्दै सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
युद्धका क्रममा यस चौरजहारी नगरपालिका क्षेत्रका ५५ जना योद्धाले सहादत समेत प्राप्त गरेकोले सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका लागि फागुन १ गते यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,नगर प्रमुख पुष्प वादीले जारी गरेको सूचनामा उल्लेख छ ।
याे संगै रूकुमका ४ पालिकाले बिदा दिएका छन् । बाँफिकाेट, त्रिवेणी र सानीभेरी गाउँपालिकाले बिदा दिइसकेका छन् ।