काठमाडौंबाट रुकुम पश्चिम आईरहेको बस नवलपरासी पश्चिममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो । घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिम प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमध्य रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ की २७ वर्षिया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिकाा ४ का ३६ बर्षका धनराज घर्तीकाे मात्रै परिचय खुलेको प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीन दर्जन बढी घाईते भएको बताईएको छ । दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।