Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्ध दिवस´ : रुकुम पश्चिमका ५ स्थानीय तहमा आज सार्वजनिक विदा
फाइल फोटो ।

रुकुम पश्चिममा ३० औं `जनयुद्ध दिवस´को अवसरमा  आज स्थानीय तहहरुले  सार्वजनिक विदा दिएका छन । ६ स्थानीय तह मध्य ५ स्थानीय तहहरुले आज सार्वजनिक विदा दिएका हुन् । स्थानीय तहले एक सूचना जारी गर्दै सार्वजनिक विदा बारे जानकारी बनाएका हुन । `जनयुद्ध दिवस´ को अवसरमा सार्वजनिक विदा दिनेमा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिका तथा चौरजहारी र आठविसकोट नगरपालिका रहेका छ्न ।

जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाले भने सार्वजनिक विदा दिएको छैन । सार्वजनिक विदा दिएको बाँफिकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसले जितेको छ भने अन्य ४ स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । 

बाफिकोट गाउँपालिकामा उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको थियो ।अन्तरिम आदेशपछि बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ हटाएर सार्वजनिक विदाको  सूचना जारी गरी सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update