Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा आज ३० औं `जनयुद्ध दिवस´ विभिन्न कार्यक्रम गरि मनाइँदै
फाइल फोटो ।

रुकुम पश्चिममा पनि आज विभिन्न कार्यक्रम गरी ३० औं `जनयुद्ध दिवस´ मनाइँदै छ ।   जनयुद्ध दिवसको अवसरमा स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिएका छन्  । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ सुरु गरेको सम्झनामा आज ‘जनयुद्ध दिवस´ मनाउन लागिएको हो । 

नेकपा माओवादी केन्द्रले आज देशभरमा भव्य रूपमा ‘जनयुद्ध दिवस’ मनाउन परिपत्र समेत गरेको छ । आज `जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकामा राष्ट्रिय स्तरको गुरिल्ला म्याराथन कार्यक्रममा पनि आयोजना गरिएको छ ।उक्त कार्यक्रमको लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव, सङ्गठन विभाग प्रमुख तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर र पूर्व मन्त्री सुदन किराँती रुकुम पश्चिम आइपुग्नुभएको छ । 

‘जनयुद्ध दिवस’को अवसरमा आयोजित गुरिल्ला म्याराथन कार्यक्रमलाई शर्मा र किराँतीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । त्यसअघि बिहान उहाँहरू ‘जनयुद्ध दिवस’को अवसरमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर समितिले शेरिगाउँमा अवस्थित सहिद प्रतिष्ठानमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको बताएको छ ।

जिल्लाभरमा आज  ‘जनयुद्ध दिवस’का अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका भव्य रुपमा मनाउन लागिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update