गुरिल्ला म्याराथन
माैराखारा गुरिल्ला म्याराथन: महिला तर्फ जुम्लाकी कल्पना बुढा प्रथम

रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा आयाेजित माैराखारा गुरिल्ला म्याराथनकाे साताैं संस्करणकाे महिला तर्फ जुम्लाकी कल्पणा बुढा प्रथम भएकी छन् । निर्धारित ३४ किलाेमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गर्दै कल्पना प्रथम भइन । जुम्लाकै राज्यलक्ष्मी रावत द्वितीय भइन ।
उनले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गरिन । ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्राे भइन । जुम्लाकै मिमु बुढा चाैंथाे र समिता बुढा पाचाैँ भइन । पुरूष तर्फकाे म्याराथन भने जारी छ । जनयुद्ध दिवसकाे अवसरमा सानीभेरी गाउँपालिकाले म्याराथन आयाेजना गरेकाे हाे ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १३:४४
प्रतिक्रिया दिनुहोस्