गुरिल्ला म्याराथन
माैराखारा गुरिल्ला म्याराथन: पुरुष तर्फ रुकुम पश्चिमका दुर्गा बुढा प्रथम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित माैराखारा गुरिल्ला म्याराथनको सातौँ संस्करणको पुरुष तर्फ रुकुम पश्चिमका दुर्गा बुढा प्रथम भएका छन् । निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पार गर्दै मुसिकोट ५ का दुर्गा प्रथम भए ।
रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका ३ का भुवन ओली द्वितीय भए । उनले निर्धारित दुरी ४ घण्टा ५३ मिनेट पार गरे । ४ घण्टा ५७ मिनेटमा दुरी पार गरेका जुम्लाका शेरबहादुर बुढा तेस्रो भए । रुकुम पूर्वका शक्तिराम बुढा चाैथाे र रुकुम पश्चिमको सानीभेरी ३ का अर्जुन बस्नेत पाँचाैं भए ।
महिला तर्फ जुम्लाकी कल्पना बुढा प्रथम भइन । जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले म्याराथन आयोजना गरेको हो । पुरुष तर्फको प्रथम पुरस्कार १ लाख र महिला तर्फको ६० हजार रहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्