Kakhara सबैको खबर सम्पूर्ण खबर
`जनयुद्ध दिवस´को अवसरमा मुसिकोटमा दीप प्रज्वलन

रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी ३० औँ `जनयुद्ध दिवस´ मनाइएको छ । दिवसको अवसरमा मुसिकोटमा दीप प्रज्वलन समेत गरिएको छ । अखिल क्रान्तिकारीको आयोजनामा जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको कालिका स्थानमा दीप प्रज्वलन गरिएको हो ।

जिल्लामा विभिन्न कार्यक्रम गरेर `जनयुद्ध दिवस´ मनाउने निर्णय अनुसार दीप प्रज्वलन कार्यक्रम गरिएको अखिल क्रान्तिकारी रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय तथा प्रदेश स्तरका नेता, जिल्ला समिति, माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गर्दै शुभकामना आदानप्रदान गरेका थिए । आज रुकुम पश्चिममा दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको छ । 

IMG-20250213-WA0079-1739465536.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update