
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका सहिद परिवार तथा घाइते अपाङ्गलाई सम्मान गरिएको छ । ३० औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापुमा आयोजित कार्यक्रममा दुई पालिकाका सहिद परिवार र घाइते अपाङ्गलाई सम्मान सम्मान गरिएको हो ।
सम्बन्धित पालिकाले आफ्ना पालिकाका सहिद परिवार र घाइते अपाङ्गहरूलाई सम्मान गरेका हुन् । सानीभेरीका ४७ जना सहिद परिवार र १४ जना घाइते अपाङ्गहरूलाई नगद सहित सम्मान गरिएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो । हरेक वर्ष जस्तै यो वर्ष पनि दोसल्ला र प्रमाण पत्र तथा आते जाते खर्च प्रदान गरिएको उहाँको भनाई छ ।
त्यस्तै चौरजहारी नगरपालिकाले ११ जना सहिद परिवारलाई सम्मान गरेको छ । सानीभेरीमै आयोजित कार्यक्रम मार्फत सहिद परिवारलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।