Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा  भिरबाट लडेर एक वृद्धको मृत्यु 
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५  जिवाङका एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार राती १० बजेको समयमा ६८ वर्षीय कृष्णबहादुर ओलीको गाउँ नजिकैको कोप्चेखोला भिरबाट लडेर मृत्यु भएको हो । लाइत भन्ने ठाउँबाट सहिद दिवस मनाएर घर फर्किने क्रममा भिरबाट लडेर १ सय मिटर तल खसेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएका थिए ।

भिरबाट लडेका ओलीलाई  छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी  दिनुभयो । उहाँका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्‍याएका ओलीलाई आज बिहान २:०५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update