Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ मा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा मदन  र भरतकाे जोडी विजेता

३० औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा आयोजित खुला पुरुष ब्याडमिन्टन प्रतियोगितामा मदन बुढाथोकी र भरत रामदामको जोडी विजेता भएको छ । फाइनलमा जीवन बोहरा र महेन्द्र पुनको जोडीलाई २/१ को सेटमा पराजित गर्दै मदन बुढाथोकी र भरत रामदामको जोडी विजेता भएको हो । विजेता जोडीले नगद दश हजार रुपैयाँ पुरस्कारको साथमा कप मेडल प्रमाण पत्र प्राप्त गरेको छ । 

उपविजेता भएको जीवन बोहरा र महेन्द्र पुनको जोडी नगद सात हजार रुपैयाँ साथमा कप मेडल प्रमाण पत्र हात पारेको  खेल व्यवस्थापक डिलबहादुर नाथले जानकारी दिनुभयो । उहाँका अनुसार सेमिफाइनल पुगेका गिरीभान पुन र ओमप्रकाश पुन तथा डिलबहादुर नाथ र कमल दाहालको जोडीले समान दुई हजार पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।  

मदन र भरतको जोडी डिलबहादुर र कमलको जोडीलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो भने जीवन र महेन्द्रको जोडी गिरीभान र ओमप्रकाशकाे जोडीलाई पराजित गरेर फाइनल पुगेकाे थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update