Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा छैटौं राष्ट्रपती रनिङ शिल्ड जारी 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड  जारी छ । बिहीबारबाट सुरु भएको शिल्डमा पालिका भित्रका आठ वटा माध्यमिक विद्यालयबाट विद्यार्थी सहभागी भएका छन् । 

शिल्ड १० नम्बर वडास्थित महेन्द्र माविको खेल मैदानमा सञ्चालन भइरहेको छ । शिल्डमा छात्र, छात्रा तर्फको १ सय मिटर, २ सय मिटर, ४ मिटर, ८ सय मिटर, १५ सय र ३ हजार मिटरको दौड प्रतियोगिता सम्पन्न भएको  शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । 

अहिलेसम्म ५ नम्बर वडाको देउराली मावि हुकामले ६ स्वर्ण, १२ नम्बर स्थित पर्वत मावि कोलले चार स्वर्ण, ९ नम्बर वडाको आदर्श मावि खाराबाङ र १० नम्बर वडाको महेन्द्र मावि तकले समान दुई÷दुई स्वर्ण पदक प्राप्त गरेको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्र, छात्रा तर्फको सटफुट प्रतियोगिता पनि सम्पन्न भएको छ । छात्र, छात्रा तर्फको भलिबल प्रतियोगिता  जारी छ । छात्र, छात्रा रिले दौड, तेक्वान्दो र कराते प्रतियोगिता सञ्चालन गर्न  बाँकी छन् । शिल्ड शनिवार सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update