
नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकोट नगरपालिकाले भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय महाधिवेशनबाट विभिन्न पदमा जिल्लाबाट निर्वाचित भएकाहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज मुसिकोटमा एक कार्यक्रमका बिच पार्टीले सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।
केन्द्रीय सचिवालय सदस्य विशाल विष्ट र नीराजन केसी तथा केन्द्रीय सदस्य रमेश लामिछाने र हिरा कुसारीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।
साथै अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष मदन भट्टराई र भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार हेमन्त राईलाई जिल्लामा स्वागत गरिएको नेकपा माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र मुसिकोटका सचिव नारायण केसीले गर्नुभएको थियो ।।