Kakhara सबैको खबर सम्पूर्ण खबर
सुर्खेतमा आयोजित प्रथम मेयर कप ब्याडमिन्टनमा ईश्वर र केहलको जोडी प्रथम

सुर्खेतमा सम्पन्न प्रथम वीरेन्द्रनगर कप ब्याडमिन्टन प्रतियोगितामा ईश्वर रावल र केहलविक्रम जिसीको जोडी प्रथम भएको छ । प्रतियोगिताको खुला बि लेभल तर्फ ईश्वर र केहलको जोडी प्रथम भएको हो । रुकुम पश्चिमको उक्त जोडीले फाइनलमा सुर्खेतको निम शाही र अमर थापा मगरको जोडीलाई पराजित गर्यो । 

विजेता जोडीले २५ हजार र उप विजेता जोडीले १५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ सुर्खेतले जनाएको छ । प्रतियोगितामा कालिकोटको भूपेन्द्र मल्ल र गोरख शाही तथा बलिराज शाही र अजित थापाको जोडी सान्त्वना भयो । उक्त जोडीले समान ५÷५ हजार पुरस्कार पाएको छ । 

नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको थियो । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ सुर्खेतले प्रतियोगिता आयोजना गरेको हो । विभिन्न इभेन्टमा प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update