
प्रेस चौतारी नेपाल रुकुम पूर्वको अध्यक्षमा राजन गौतम निर्वाचित हुनुभएको छ । आज रुकुमकोटमा भएको दोस्रो जिल्ला अधिवेशनबाट गौतम सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको अध्यक्षतामा एक जना पछि थप्ने गरी दश जनाको नयाँ जिल्ला कार्यसमिति निर्माण गरिएको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुला उपाध्यक्षमा हिमशिखर शाह, समावेशी उपाध्यक्षमा शारदा सुनार सचिवमा सौगात गौतम निर्वाचित हुनुभएको छ । त्यस्तै खुला सह–सचिव शुसिल गौतम समावेशी सह–सचिवमा प्रतिष्णाराज भण्डारी र कोषाध्यक्षमा कमल खड्का निर्वाचित हनुभएको हो । सदस्यहरुमा रुपन खड्का, सशिका घर्ती र अनुप आचार्य निर्वाचित हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनोट गरेका छ । केन्द्रीय प्रतिनिधिमा महेश केसी र सोनालिजा गौतम तथा प्रदेश प्रतिनिधिमा माधव केसी र गरिमा गिरीलाई सिफारिस गरिएको छ । अधिवेशनामा नेकपा (एमाले) जिल्ला अध्यक्ष लिलामणि गौतमको प्रमुख आथित्यता त्यस्तै प्रेस चौरारी नेपालका केन्द्रीय प्रतिनिधि प्रेमबहादुर राम्जा, भूमि आयोगका अध्यक्ष हरिहर पौडेल लगायतको उपस्थिति रहेको थियो