राष्ट्रिय फोटो पत्रकार समूह नेपाल सल्यानकाे अध्यक्षमा अमृतकुमार

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा सल्यानको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएका छ । अधिवेशनबाट अमृतकुमार बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय समिति निर्वाचित भएका छ ।
जसको उपाध्यक्षमा प्रसिद्ध डाँगी, समावेशी उपाध्यक्षमा अभिलाषा सिंह, सचिवमा कुलबहादुर रेउले, खुला सहसचिवमा कमल धिताल, समावेशी सहसचिवमा प्रदीप पुन र कोषाध्यक्षमा भरत घर्ती रहनुभएको छ ।
सदस्यहरूमा नवीन डि.सी., सङ्गम राना, रूपलाल चलाउने, विजय बस्नेत, जितेन्द्र महर्जन, विष्णु गौतम, सङ्गम बिहानी, सिर्जना बस्नेत र रेमन्त वि.क. रहेको नवनिर्वाचित अध्यक्ष बुढाथाेकीले बताउनुभयाे ।
चार सदस्यीय सल्लाकार समिति पनि बनाइएको छ । जसमा डिल्लीराज रावत, प्रतीक इच्छुक शर्मा, बामदेव के.सी. र खकेन्द्र के.सी. रहनुभएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १८:४३
प्रतिक्रिया दिनुहोस्