Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिम देशैभरमै सर्वोत्कृष्ट 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट अङ्कसहित पहिलो भएको छ । रुकुम पश्चिमसहित पाल्पा र इलाम समान अंक प्राप्त गरी देशभरमा सर्वोत्कृष्ट भएका हुन् । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरबाट रुकुम पश्चिम, इलाम र पाल्पा समान अंक प्राप्त गरी पहिलो भएका हुन् । तीन वटै जिल्लाले समान कुल १९ दशमलव ५ अङ्क प्राप्त गरेका हुन् । 

दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम देशभरबाट सर्वोत्कृष्ट अंक प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन कमजोर नतिजा १३ दशमलव ०६२५ अंक प्राप्त गरी बाजुरा ७७ औँ स्थानमा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका गृह सचिव बिच कार्य सम्पादन सम्झौता र विभिन्न सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गरिन्छ । जसअन्तर्गत कार्यसम्पादनमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन पर्दछन् । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update